१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

चट्याङका कारण २८ जनाको मृत्यु



काठमाडौं-गत वैशाखदेखि हालसम्म नेपालमा विभिन्न विपद्का घटनामा परेर कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा भएका २,४५६ विपद्जन्य घटनामध्ये चट्याङ सबैभन्दा बढी मानवीय क्षति गर्ने प्रकोप बनेको छ ।

तथ्याङ्कअनुसार, चट्याङका कारण मात्रै २८ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । त्यसपछि आगलागीका घटनाबाट १५ जनाले ज्यान गुमाएका छन् । यद्यपि आगलागीका घटना संख्यात्मक रूपमा सबैभन्दा धेरै (एक हजार ११) भए पनि मानवीय क्षतिमा चट्याङ अगाडि देखिएको हो ।

यसबाहेक, जनावर आक्रमण, पहिरो र लेक लाग्ने जस्ता घटनामा १२-१२ जनाको मृत्यु भएको छ । त्यस्तै, सर्पदंश र हावाहुरीबाट ८-८ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार ००:००  ६ : ४७ बजे