१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर केचनामा एक जनाको मृत्यु



बिर्तामोड-मोटर जोड्ने क्रममा करेन्ट लागेर दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । सोमबारराति कचनकवल- ७ का ५० वर्षीय अरुण राजवंशी मोटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

सितागढी टोलका राजवंशीको सिंचाइको मोटर तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

राजवंशीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  ९ : ४६ बजे