१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सहरेडाँगीमा स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु



झापा– झापाको मेचीनगर नगरपालिका-१२ स्थित सरेडाँगीमा आइतबार राति भएको सवारी दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।

इलामबाट चारआलीतर्फ आउँदै गरेको सेतो रङको स्कारपियो सवारी साधनले करिब ७:३० बजेको समयमा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी ४५/४६ वर्षका पुरुष गम्भीर घाइते भएको अवस्थामा बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।

अस्पतालमा लगिएको करिब ८:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि फरार रहेको स्कारपियो चालक करिब १०:३० बजे इलाका प्रहरी कार्यालय अनारमनीसँग सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाडी मे १ च ६१३१ नम्बरको स्कारपियो रहेको र चालक झापाको हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्र बहादुर बिष्ट रहेको खुलेको छ ।

हाल दुर्घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार ००:००  ९ : २८ बजे