बिर्तामोड-करेन्ट लागेर पश्चिमी झापामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ७ गक्षामारीकी ७७ वर्षीया तेजकुमारी उप्रेती छन् ।
बुधबार साँझ कुटी काट्ने मेसिन चलाउँदै गर्दा अचानक विद्युत् सर्ट भई उप्रेतीलाई करेन्ट लागेको र उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिएको थियो । उप्रेतीको शव पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको छ ।



















