१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

एक वर्षमा वैधानिक बाटोबाट नेपालमा १७ अर्बको सुन भित्रियो



काठमाडौँ-आर्थिक वर्ष २०८१/८२ मा नेपालले वैधानिक माध्यमबाटै करिब १७ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात गरेको छ । यो अवधिमा झन्डै १ हजार ४ सय किलोग्राम (१३ लाख ८९ हजार ग्राम) सुन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

विभागका अनुसार, उक्त परिमाणको सुन आयात गर्न १७ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको छ । यस आयातबाट सरकारले भने १ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा नेपालले कुल १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा सुन शीर्ष १५ भित्र पर्न सफल भएको छ। नेपालको आयात सूचीमा पहिलो नम्बरमा डिजेल र दोस्रोमा भटमासको तेल रहेको छ ।

यो तथ्याङ्कले सुन नेपाली बजारमा उच्च मागमा रहेको र देशको ठूलो रकम यसको आयातमा खर्च भइरहेको देखाउँछ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ४ : ३५ बजे