१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सुन र ठूलो परिमाणको नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ



काठमाडौँ-काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा अवैध सुन र ठूलो परिमाणको नगदसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई ठमेलको ज्याठास्थित एक होटेलबाट पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरूको साथबाट करिब दुई किलोग्राम सुन र २४ लाख रुपैयाँ नगद बरामद भएको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू पुरुष चुन लिङ र महिला समे चुङ रहेका छन्।

प्रहरीले बरामद सुन र नगदको स्रोत तथा उनीहरूको संलग्नता हुनसक्ने अन्य अवैध गतिविधिबारे अनुसन्धान सुरु गरेको जनाएको छ। यो घटनाले ठमेल क्षेत्रमा विदेशी नागरिकको आवरणमा अवैध आर्थिक कारोबार भइरहेकोतर्फ संकेत गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ३ : ५२ बजे