१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन : नेकपा एमाले



काठमाडौँ– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगित रहेको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङ रहेको जनाउनु भएको हो ।

यसअघि पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा आफू फर्किन चाहेको जनाउँदै सदस्यता नवीकरण गरिसकेको बताउनु भएको थियो । पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाएपछि एमालेले उहाँको सदस्यता नवीकरण हुन बाँकी रहेको जनाएको हो ।

प्रचार विभाग प्रमुख गौतमले पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने स्पष्ट पार्नुभयो । यस विषयमा पार्टीले उचित समयमा आवश्यक निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार ००:००  ८ : २२ बजे