काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीको संगठित सदस्यतामा उल्लेख्य वृद्धि भएको दाबी गरेको छ ।
शुक्रबार बसेको पार्टीको पोलिटब्यूरो बैठकमा प्रस्तुत तथ्यांकअनुसार सदस्यता नवीकरण गर्नेहरूको संख्या १५ प्रतिशतले बढेको हो ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यता वृद्धिको जानकारी गराएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसको पुष्टि गरेका छन् । उनले भने, ‘हाम्रो संगठित सदस्यता नवीकरणमा १५ प्रतिशतले वृद्धि भएको छ।’
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।



















