इलाम-इलाम प्रहरीले एक युवकको हत्या र उनका दाजुलाई घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-१ का ३३ वर्षीय किरण शेर्पा छन् ।
प्रहरीका अनुसार, बुधबार राति सूर्योदय नगरपालिका-१ स्थित ससुराली घरमा रहेका माइ जोगमाई गाउँपालिका-२ का प्रकाश चापागाईं र उनका दाजु निरज चापागाईंमाथि शेर्पाले सामान्य विवादको क्रममा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट २३ वर्षीय प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका उनका ३२ वर्षीय दाजु निरजको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले आरोपी शेर्पालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।



















