२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

केरा खेतीमा नयाँ प्रयोग : २८ जातको परीक्षणसँगै चिप्स र सुकुटी बनाउने तयारी



चितवन– चितवनको रत्ननगरमा एक युवा उद्यमीले केरा खेतीमा नयाँ अध्याय सुरु गरेका छन् । व्यावसायिक खेतीभन्दा एक कदम अघि बढेर रत्ननगर-१३ मा २८ विभिन्न जातका केरामाथि परीक्षण थालिएको हो ।

‘भन्तना केरा अनुसन्धान केन्द्र’का सञ्चालक समृद्ध भन्तनाले १२ बिघा जमिनमा केराको जातिय परीक्षण र अनुसन्धान गरिरहेका छन् । तीन वर्षदेखिको उनको मेहनत अब नतिजामुखी बन्दैछ ।

फार्ममा मालभोग, चिनी चम्पा जस्ता स्थानीय स्वादिला केरादेखि विभिन्न हाइब्रिड जातकाे अध्ययन भइरहेको छ । यो अनुसन्धानको प्रमुख लक्ष्य केरामा लाग्ने पानामा जस्ता विनाशकारी रोगविरुद्ध लड्न सक्ने जात पहिचान गर्नु हो ।

भन्तनाले केरालाई फलको रूपमा मात्र नभई विभिन्न परिकारमा बदल्ने योजना बनाएका छन् । निकट भविष्यमै यहाँबाट केराको चिप्स, सुकुटी र पेय पदार्थ समेत उत्पादन गर्ने तयारी छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार ००:००  ८ : ०८ बजे