१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

साथीको ससुराली गएका युवकको हत्या



इलाम-इलामको सूर्योदय नगरपालिकामा गएराति भएको एक विवादले हिंसात्मक रुप लिँदा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१ मा भएको घटनामा माइजोगमाई गाउँपालिका-२, तारसिंहका २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो ।

सोही घटनामा ३२ वर्षीय निरोज चापागाईं सख्त घाइते भएका छन् । घाइते निरोजले प्रकाशलाई लिएर आफ्नो ससुराली (काजी तामाङको घर) गएका बेला स्थानीय ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो ।

विवाद बढ्दै जाँदा शेर्पाले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पेटमा गम्भीर चोट लागेका निरोजको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार ००:००  ७ : ५३ बजे