१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

झापामा सवारी दुर्घटना : छ महिनामा ३७ जनाको मृत्यु



झापा-चालु आर्थिक वर्षको छ महिनामा झापामा सवारी दुर्घटनाबाट ३७ जनाको मृत्यु भएको छ । साउनदेखि पुससम्म भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अवधिमा ४४५ वटा दुर्घटना भएका छन् । साना ठूला ती दुर्घटनामा तीन बालकसहित ३७ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा ७ जना महिला छन् । दुर्घटनामा ६८३ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार ००:००  ९ : ३७ बजे