काठमाडौँ-नेकपा माओवादी केन्द्रले फागुन १ देखि जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ । आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले छ महिनासम्म अभियान चलाउने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य युवराज दुलालले जनतासँग माओवादी अभियानपछिको छ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको बताए । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
केन्द्रीय कार्यालयको आर्थिक र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको छ । अध्यक्ष प्रचण्डले अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने बताए ।