८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

उपाधि जिते विराटनगर किंग्सलाई ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा।



विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

विराटनगर किङ्सका खेलाडीलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले जितेर फर्किए ३० लाख रुपैयाँ प्रदेश सरकारका तर्फबाट पुरस्कार दिने घोषणा गरेका हुन् ।

मङ्सिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । मुख्यमन्त्री कार्कीले खेलक्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप उत्साह थपिएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ८ : ३३ बजे