- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड–राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा–१ का अध्यक्ष नरेन्द्र अधिकारीको दुर्घटनामा आज साँझ मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अधिकारीको दुई दिनदेखि बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको थियो ।
ट्रिपरको ठक्करबाट दुई दिनअघि घाइते भएका अधिकारीलाई बचाउने चिकित्सकीय प्रयास असफल भएको हो । राप्रपा झापाको साँस्कृतिक बिभागका प्रमुख समेत रहेका अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला अध्यक्ष केशव ओझाले बताए ।
भाषा, कला, साहित्य संस्कृति प्रवर्दन समिति, अर्जुनधारा–१ का संयोजक समेत रहेका अधिकारी शालिन र मिलनसार स्वभावका थिए ।