- बस दुर्घटनामा तीन जनाको मृत्यु
- इटहरीकाे सेन्टर प्लाजामा आगलागी : नाै जनाको उद्धार, आगाे निभाउन १२ वटा दमकल परिचालन
- माध्यमिक शिक्षा परीक्षामा आठ हजार विद्यार्थी अनुपस्थित
- मान्छे किन्ने बेच्नेलाई २० वर्ष कैद र ५ लाख जरिवानाको प्रस्ताव
- १० वर्षमा ८२ लाख नागरिक बसाईं सरे : पहाड छोड्नेको सङ्ख्या अत्याधिक
भद्रपुर– प्रदेश १ को पहिलो बालमैत्री नगरपालिका बन्न सफल झापाको भद्रपुर नगरपालिकामा नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । नगर बाल सञ्जालको दोस्रो अधिवेशनले सञ्जाल पुनर्गठन गरेको हो ।
१० वटै वडाका बालबालिकाले सर्वसम्मत सञ्जाल पुनर्गठन गरेको फोकल पर्सन टीकाराम पाण्डेले जानकारी दिए । सञ्जालकी अध्यक्ष आराध्या प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नगरप्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।
नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख प्रेम भूजेललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष प्याकुरेलले प्रतिवेदनसमेत प्रस्तुत गरेकी थिइन् ।
आगामी दुईवर्षे कार्यकालका लागि सञ्जालको अध्यक्षमा भावना पोखरेल चयन भएकी छिन् । सञ्जालको उपाध्यक्षमा आरोग्य तिम्सिना, सचिवमा दिव्या काफ्ले, सहसचिवमा शैलेश निरौला र कोषाध्यक्षमा भावना ढुंगेल चयन भएका छन् ।
२१ सदस्यीय सञ्जालको सदस्यमा सुविन गिरी, सिलासराज भण्डारी, प्रतिका विक, सन्देश पुरी, अनामिका कार्की, निरज न्यौपाने, रत्ना काफ्ले, दीक्षा गौतम, कृषा शर्मा, काजल चौधरी र ज्योति सहनी सर्वसम्मत चयन भएका छन् ।
सञ्जाल पुनर्गठनमा नगरपालिकाको सामाजिक शाखा प्रमुख जीवनकला राउत, सञ्जु कोइराला, नगर युवा परिषदका उपाध्यक्ष सरोज ढकाललगायतले सहजीकरण गरेका थिए ।