बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले युवा नेता सूर्यकुमार खतिवडालाई जिल्ला पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।
पार्टीको बैठकपछि खतिवडाले सोमबार जिल्ला पार्टी प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् । यसअघि उनी अर्जुनधारा नगर समितिको जिम्मेवारीमाथि थिए ।
एक कार्यकाल नगर अध्यक्ष भएर जिम्मेवारी हस्तान्तरण गरेका खतिवडालाई जिल्ला पार्टीकाे निर्णयपछि प्रवक्ताको जिम्मेवारी दिइएको अध्यक्ष केशव ओझाले बताए ।
प्रवक्ताको जिम्मेवारी पाए लगत्तै खतिवडाले मंगलबार बिहान झापाका सञ्चारकर्मीसँग छलफल गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको पुस १२ मा बिर्तामोडमा आयोजित जनसभाका विषयमा उनले सञ्चारकर्मीसँग छलफल गरेका हुन् ।














