२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षद्वारा राजीनामा



काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई सदस्यले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिका अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनीहरूले मंगलबार नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा बुझाएका थिए । सरकारले उनीहरूलाई २०८१ वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो ।

तर कार्यकाल सकिनुअघि नै उनीहरूले पदत्याग गरेका हुन् । उनीहरुले राजीनामा गर्नुको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार ००:००  २ : ४८ बजे