२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

संसदीय दलको नेता चयन प्रक्रियामाथि भट्टराईको आपत्ति



काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन गर्ने प्रक्रियामाथि आपत्ति जनाएका छन्। उनले अपनाइएको शैलीले पार्टीपंक्तिमा थप चिन्ता उत्पन्न गरेको बताएका छन्।

बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा निर्विरोध चयन भएका थिए। उक्त पदमा सांसद सुहाङ नेम्बाङले पनि आकांक्षा राखेका थिए। तर प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना भएपछि नेम्बाङ प्रतिस्पर्धामा उत्रिन सकेनन्।

त्यसै घटनालाई इंगित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्। ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको र अध्यक्षसमेत गिरफ्तारीमा परेको वर्तमान अवस्थामा पार्टीको पुनर्गठन र एकता सुदृढ गर्नुपर्ने बेला थियो,’ उनले भनेका छन् ।

उनले केही समय लिएर सांसदहरूबीच छलफलमार्फत सहमति खोज्नुको सट्टा दबाबमा निर्णय गरिनु उचित नभएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ००:००  ६ : ३८ बजे