बिर्तामोड– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चारआलीबाट बिर्तामोड आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र पछाडि सवार वडा नम्बर ७ का शीर्षक सुवेदी रहेका छन् ।
दुर्घटनामा दुवैजना घाइते भएका थिए । घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी हस्पिटल लगिएको थियो । अस्पताल लैजाने बित्तिकै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।














