७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

प्रधानमन्त्री ओलीद्वारा हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापा र मोरङ जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन गर्नु भएको छ ।

गौरीगञ्ज-आमबारी खण्डमा रहेको यो पुल सञ्चालनमा आएसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अब विकास निर्माणका कामले गति लिने बताउनु भयो ।

उहाँले आगामी १५ वर्षभित्र देशबाट गरिबी उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको दोहोऱ्याउनु भयो ।

नदी नजिकै भएर पनि खेतमा सिँचाइ नपुग्ने अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिँदै उहाँले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार ००:००  ५ : १६ बजे