Speak Corner Speak Corner
  • LIVE UPDATE
सम्पादकीय

सरकारी सेवामा सकस

२३ श्रावण २०७८, शनिबार १६:२६ 744 0 Comment
 सरकारी सेवामा सकस

सरकारी कार्यालयले प्रवाह गर्ने सेवा अहिले पनि सरल छैन । सेवा प्रवाहमा हुने ढिलासुस्ती मुख्य कारण हो । अनकौँ झमेला र बहानाले सरकारी सेवा सधैँ आलोचनाको शिकार हुन्छ ।

सेवा लिनका लागि सर्वसाधारणले घण्टौँ कुर्नुपर्छ । भनेको र चाहेको समयमा जनताले सेवा पाउन सक्दैनन् । यो अहिलेको मात्रै समस्या होइन, बर्षाैदेखि जनताले यो नियति भोगिरहेका छन् । सरकार पनि यस विषयमा जानकार छ । तर, केही गर्न सकेको छैन । कर्मचारीहरु भ्रष्टाचारमा निर्लिप्त छन् ।

बेला बेलामा अख्तियारले सक्रियता देखाउँछ । साना कर्मचारी घुससहित रङ्गेहात पक्राउ पर्छन् । देशमा सानाको के कुरा, ठूला भ्रष्टाचारी धेरै छन् । तर, सबैलाई अख्तियारले पनि समाउन सकेको छैन ।

 प्रमाण अभावमा अख्तियारले यस्ता घटनामा अपेक्षाकृत सफलता पाउन नसकेको तीतो यथार्थ छ । सरकारी कार्यालय भ्रष्टाचारको अखडा भएका छन् । जताततै घुसको बहार छ भने पनि हुन्छ । काम लिएर सरकारी कार्यालयमा जानु भन्दा पहिले कम भन्दा कम घुस दिएर काम गराउने ध्याउन्नमा सेवाग्राही हुन्छन् ।

घुस नदिई काम नहुने भएपछि सेवाग्राही पनि बानी परिसकेका छन् । उनीहरुलाई थाहा छ, घुस विना काम सम्भव छैन । सरकारी कायार्लय घसुखोरीको अडड बन्दै गएपछि अख्तियारले बेला बेला निगरानी गर्दै आएको छ । तर, उसको निगरानी प्रयास खासै प्रभावकारी छैन । 

मालपोत, यातायात, राजस्व लगायतका सरकारी कार्यालयमा सेवाग्राहीको भेषमा सुराकी खटाउने अख्तियारको नीति प्रभावकारी देखिन सकेको छैन । अपेक्षाकृत परिणाम निकाल्ने गरी अख्तियारको संयन्त्र परिचालन हुन नसकेको प्रष्ट छ ।

मूलत भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियारको परिकल्पना अनुसार महत्वपूर्ण सरकारी कार्यालयमा प्रभावकारी निगरानी गर्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारले अपनाउने अनेक उपायका विषयमा कर्मचारी माहिर भइसकेका छन् । जसका कारण उनीहरुको हर्कत बढ्दै गएको छ । 

विकास योजनामा कमिसन नभई काम नगर्ने प्रवृत्ति देखिएको छ । यसर्थ खुलेआम घुसघोरीको परम्परागत काइदामा धक्का दिने रणनीति अख्तियारले बनाउनु पर्छ । यसले सरकारी कार्यालयका कमर्चारीलाई मात्र हाइेन, सेवाग्राहीलाई पनि पाठ सिकाओस् । अनि मात्रै सेवा प्रवाहमा सुधार आउँछ ।

जबसम्म सेवाग्राही प्रतिवादमा उत्रिदैनन्, तबसम्म सरकारी कार्यालयमा अवैध लेनदेनको धन्दा चलिरहन्छन् । घुसको मेलो बुझेपछि कर्मचारी पनि जायज नाजायज काम गर्न उत्साहित भइहाल्छन् । कानुन अनुसार गर्न सकिने कतिपय कामका लागि पनि सेवाग्राहीलाई अल्मल्याएर रकम माग्ने प्रवृत्ति छ ।

 सेवाग्राहीलाई जति अल्मल्याउन सकिन्छ, उत्ति माल झर्छ भन्ने मानसिकताबाट कर्मचारी प्रशासन ग्रस्त छ । यसको फाइदा विचौलियाले पनि प्रशस्तै लिएका छन् । बिचौलियामार्फत जाँदा मात्रै काम सहज र छरितो हुने अवस्था छ । यसको एउटै मात्र कारण कमाउ धन्दाको प्रवृत्ति हो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

फेसबुक ‘ह्याक’ गर्ने भद्रपुरका तीन युवा पक्राउ

होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश

साताका लागि झापा खेलकुदमय

करेन्ट लागेर महिलाको मृत्यु

पत्रकार तीर्थराज खरेललाई पितृशोक

साहित्य चौतारीको मासिक काव्यसभा राष्ट्रकवि घिमिरेमा समर्पित हुने

नारी फिटनेससँगै शनिश्चरे रोडमा हेल्दी मार्ट

एमालेका कारण प्रदेशको नाम राख्ने अवसर गुम्दै : मन्त्री राई

आठ वर्षपछि झापामा अनेमसंघको जिल्ला अधिवेशन

पाँच हजार नाघे कोरोनाका सक्रिय संक्रमित

तागत नभएकाहरु गठबन्धन गर्छन्, एमाले त्यसको पक्षमा छैन् : ओली

झापा–३ का जनता सूर्यमा भोट हाल्न आतुर : प्रसाई

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 
© Copyright 2022. All rights reserved.