११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव भाड्ने मनस्थितिमा पुगेको एमाले अध्यक्ष ओलीको टिप्पणी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव भाड्ने मनस्थितिमा पुगेको टिप्पणी गर्नु भएको छ । झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचन हारिन्छ भन्ने निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टीले अरु पार्टीका झण्डा जलाउन थालेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पछिल्ला गतिविधि अशोभनीय र तनाव बढाउने खालका भएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले चुनाव हुन नदिने परिस्थिति सिर्जना गर्न खोजिएको बताउनुभयो ।

शान्तिपूर्ण निष्पक्ष र भयरहित निर्वाचन हुन्छ भन्नेमा अझै पनि सरकारले आश्वस्त पार्न नसकेको बताउँदै एमाले अध्यक्ष ओलीले चुनावबाट कुनै पनि हालतमा पछाडि सर्न नहुने उल्लेख गर्नुभयो । निर्वाचन बलजफ्ती गर्ने विषय नभएको बताउँदै अध्यक्ष ओलीले नियम कानुन र परिधिभित्र सबै राजनीतिक दल बस्नुपर्ने बताउनुभयो। ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार ००:००  २ : २९ बजे