११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

देशमा आगो लगाउनेहरु नेपाली हुन सक्दैनन् : एमाले अध्यक्ष ओली



दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरु नेपाली हुन नसक्ने बताउनुभएको छ। झापाको दमकमा चुनावी प्रचार अभियानका सिलसिलामा एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हाे ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आगो लगाउनेहरुलाई कुनै पनि हालतमा नेपाली मान्न नसकिने बताउनुभयो ।

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने बताउँदै अध्यक्ष ओलीले बहुमत नआए पनि पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार ००:००  ८ : २८ बजे