बिर्तामोड- रोजगारीका लागि फागुन महिनामा झापाबाट दुई हजार भन्दाबढी युवा बिदेशिएका छन् । अवसरको खोजी गर्दै विदेशिनेमा झापाका युवाको संख्या उल्लेख्य हो । सबैभन्दा धेरै धनुषाका युवा विदेशिएका छन् । फागुनमा झापाबाट २ हजार ७३५ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । झापा भन्दा धेरै धनुषाबाट ३ हजार १२९ युवा विदेशिएको विभागको तथ्यांक…