झापा-बिर्तामोड नगरपालिकाले १५ बेड क्षमताको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । विशेषज्ञ चिकित्सकसहितको अस्पतालले यसैसाता सेवा प्रारम्भ गरेको हो । अस्पतालमा एक एमडीजीपी, तीन एमबीबीएस डाक्टर, पारामेडिक्ससहित ३६ कर्मचारी कार्यरत छन् । अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । ‘स्वास्थ्य बीमासहितका कार्यक्रम नगर अस्पतालमा लागू गरिएको छ’, नगर प्रमुख…