बिर्तामोड-झापाको बिर्तामोडमा चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक योगी डा. विकासानन्दको प्रवचन हुने भएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवारको आयोजनामा आगामी बैशाख २२ गते प्रवचन कार्यक्रमको तयारी गरिएको हो । बिहान ६ बजेदेखि ११ बजेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रवचन कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव विजय बरालले बताए । शुक्रवार बिर्तामोडस्थित श्रीजय…