च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

समाजस्वास्थ्य ९ श्रावण २०७८, शनिबार १९:५१ स्पीक कर्नर

इलाम– जंगली च्याउको तरकारी खाँदा इलाममा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका-१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवसको मृत्यु भएको हो । घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल... Read more
स्रोत नखुलेको ४० लाखसहित मण्डल पक्राउ

स्रोत नखुलेको ४० लाखसहित मण्डल पक्राउ

समाचार ९ श्रावण २०७८, शनिबार १७:४२ स्पीक कर्नर

बिर्तामोड– स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा गाउँपालिका–२ का गौरी मण्डल पक्राउ परेका छन् । ५० वर्षीय मण्डललाई गएराति १२ बजे प्रहरीले भारतबाट नेपाल छिर्दै गर्दा पक्राउ गरेको हो । स्रोत नखुलेको ४० लाख ३७ हजार ६ सय ७० नेपाली रुपैयाँसहित मण्डल सीमावर्ती क्षेत्रबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय... Read more
कोरोना संक्रमणले झापामा आज सात जनाको मृत्यु

कोरोना संक्रमणले झापामा आज सात जनाको मृत्यु

स्वास्थ्य ५ श्रावण २०७८, मंगलवार २०:१६ स्पीक कर्नर

बिर्तामोड– कोराना भाइरसको संक्रमणका कारण आज झापामा एकैदिन सात जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले अहिले साँझ संक्रमित र मृतकको विवरण सार्वजनिक गरेको हो । चार जना पुरुष र तीन जना महिलाले संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाई बताउनु भयो ।... Read more
साउन मसान्तबाट कक्षा १२ को परीक्षा

साउन मसान्तबाट कक्षा १२ को परीक्षा

शिक्षासमाज ५ श्रावण २०७८, मंगलवार ११:४४ स्पीक कर्नर

झापा– कोरोना सङ्क्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा साउन मसान्तदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोराेना संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिनुभयो... Read more
झापामा कोरोना संक्रमितको तथ्याङ्क डरलाग्दो
झापा– समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । संक्रमितको संख्या बढ्दै गएको देखिएको हो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमश खुकुलो र कमजोर बन्दै गएपछि समुदायमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले एकसाताका लागि गाउँपालिका... Read more
राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजनीतिसमाज ४ श्रावण २०७८, सोमबार २०:५५ स्पीक कर्नर

झापा-नेकपा एमालेभित्रकाे विवाद निरूपण नभएपछि हतारमा सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ताका लागि पार्टीभित्रैबाट दबाब बढेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका रावलले हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । नेता रावलले हतारमा राजीनामा... Read more
शंकास्पद मृत्युका घटनामा प्रहरी माैन : राप्रपाद्वारा बिर्तामोडमा विरोध
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले नगर क्षेत्रमा भइरहेका शंकास्पद मृत्युका घटनामा प्रहरी अनुसन्धान प्रभावकारी हुन नसकेको भन्दै आज बिर्तामोडमा प्रदर्शन गरेको छ । एकपछि अर्को शंकास्पद घटना भएको विषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै राप्रपाले प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो । शंकास्पद मृत्युका पछिल्ला घटनाको यथार्थ सार्वजनिक... Read more
मेची अस्पतालका डाक्टरको आन्दोलन फिर्ता
बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरले आन्दोलन फिर्ता लिएका छन् । डाक्टरमाथि हातपात गर्ने बिरामीका आफन्तलाई कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि उनीहरूको आन्दोलन फिर्ता भएको हो । यसअघि हिजो अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरी र बिरामीका आफन्त पुष्पराज निरौलाबीच हात हालाहाल भएको थियो । घटनाको... Read more
बीएण्डसी हस्पिटलमा विश्वस्तरीय प्रयोगशाला

बीएण्डसी हस्पिटलमा विश्वस्तरीय प्रयोगशाला

कभर स्टोरी ४ श्रावण २०७८, सोमबार १८:४५ स्पीक कर्नर

बिर्तामोड–झापाको विर्तामोडस्थित बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अब कुनै पनि रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने गरी उच्चस्तरीय ल्याब सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको हो ‌। अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सबै प्रकारका जाँच प्रयोगशालामार्फत हुने जानकारी दिँदै अन्यत्र जानु नपर्ने... Read more
बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

समाजसहकारी ४ श्रावण २०७८, सोमबार १८:०६ स्पीक कर्नर

बिर्तामोड– झापा दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा पनि सेवा विस्तार गरेको छ । स्थानीय सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि मेचीको सेवा बिर्तामोडमा पनि सुरु भएको हो । २०५४ सालमा वित्तिय सेवा सुरु गरेको मेची सहकारी रजत महोत्सव मनाउने तयारीमा छ । अरु सहकारी भन्दा भिन्न... Read more