अलैंचीको मूल्य वृद्धि हल्ला मात्रै : महासंघ अलैंचीको मूल्य वृद्धि हल्ला मात्रै : महासंघ
बिर्तामोड– नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको मूल्य बढेको भन्दै फैलाइएको हल्लाको भ्रममा नपर्न अपिल गरेको छ ‌ महासङ्घका महासचिव सुवास भट्टराईले आज विज्ञप्ति निकालेर... अलैंचीको मूल्य वृद्धि हल्ला मात्रै : महासंघ

बिर्तामोड– नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको मूल्य बढेको भन्दै फैलाइएको हल्लाको भ्रममा नपर्न अपिल गरेको छ ‌ महासङ्घका महासचिव सुवास भट्टराईले आज विज्ञप्ति निकालेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत अनुमानका भरमा फैलिएको हल्लाप्रति आपत्ति प्रकट गरेका हुन् ।

अलैंचीकाे मूल्यका विषयमा यथार्थ बुझ्नुपर्ने भए महासंघले जारी गरेको मोबाइल सूचना प्रणालीमा आबद्ध हुन पनि महासचिव भट्टराईले अनुरोध गरेका छन् । केहीदिनदेखि सामाजिक सञ्जालमा अलैंचीको मूल्य बढेको वा बढ्नसक्ने भन्दै सूचना सम्प्रेषण भइरहेको थियो ।