बिर्तामाेडले गुमायाे असल युवा व्यवसायी बिर्तामाेडले गुमायाे असल युवा व्यवसायी
बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण बिर्तामोडका युवा व्यवसायी दीपेन्द्र पाेखरेलकाे मृत्यु भएको छ । उपचारका क्रममा गएराति काठमाडौँस्थित नर्भिक अस्पतालमा पोखरेको मृत्यु भएको हो... बिर्तामाेडले गुमायाे असल युवा व्यवसायी

बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण बिर्तामोडका युवा व्यवसायी दीपेन्द्र पाेखरेलकाे मृत्यु भएको छ । उपचारका क्रममा गएराति काठमाडौँस्थित नर्भिक अस्पतालमा पोखरेको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि पोखरेललाई एक महिनाअघि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । ५३ वर्षीय पोखरेल ३६ दिनदेखि उपचाररत थिए । पाेखरेल संक्रमणमुक्त भएर फर्किएलान् भन्ने शुभेच्छुकको आशा थियो ।

नेपाल भेनियर सङ्घका प्रदेश अध्यक्ष पोखरेलको निधनले झापाको व्यवसायिक क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले बिर्तामोडका आशालाग्दा युवा व्यवसायीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बिर्तामोड-३ निवासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।