एकका लागि एक अभियानद्वारा अक्सिजन बैङ्क स्थापना एकका लागि एक अभियानद्वारा अक्सिजन बैङ्क स्थापना
बिर्तामोड– एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क स्थापना गरेको छ । समुदाय तहबाट स्वतस्फूर्त संगठित भएको अभियानले कोरोना संक्रमणका बीच अक्सिजन बैङ्क सञ्चालनमा... एकका लागि एक अभियानद्वारा अक्सिजन बैङ्क स्थापना

बिर्तामोड– एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क स्थापना गरेको छ । समुदाय तहबाट स्वतस्फूर्त संगठित भएको अभियानले कोरोना संक्रमणका बीच अक्सिजन बैङ्क सञ्चालनमा ल्याएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज अक्सिजन बैङ्ककाे उद्घाटन गर्नुभएको छ। संक्रमणको जटिल अवस्थामा अक्सिजन अभाव देखिएपछि समुदाय तहको सहयोगमा अक्सिजन बैङ्क स्थापना गरिएको अभियानका परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरीले बताउनुभयो ।

अभियानले अक्सिजन बैङ्क स्थापना गर्न जनस्तरबाट एक करोड ५३ लाख ७५ हजार रुपैयाँ जुटाएको छ । देशभित्र र बाहिरका नागरिकले अक्सिजन बैङ्कका लागि प्रतिसिलिन्डर १५ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।

अभियानमा सबैभन्दा धेरै सहारा नेपाल साकोस तथा अन्तर्राष्ट्रिय झापाली समाजले एक/एक सय वटा सिलिन्डर सहयोग गरेका छन्। अभियानअन्तर्गत बुधबारसम्म एक हजार २५ वटा सिलिन्डर बापतको सहयोग रकम संकलन भएको अभियानका संयोजक गिरीले जानकारी दिनुभयो।

४० लिटर क्षमताका सिलिन्डर चीनबाट खरिद गरी ल्याइएका हुन्। अभियानका सह संयोजक विनोद बस्नेतले मानवीय सेवामा जनस्तरबाट उल्लेख्य सहयोग जुटेको बताउनुभयो । अभियानले यसअघि अन्तराष्ट्रिय झापाली समाज र जिल्ला सहकारी संघ झापा समेतको सहयोगमा कनकाई नगरपालिकामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।

तस्वीर – आमसञ्चार