नक्कली नोट र लागूऔषधसहित भुटानी शरणार्थी पक्राउ नक्कली नोट र लागूऔषधसहित भुटानी शरणार्थी पक्राउ
बिर्तामोड– नक्कली नोट र लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शरणार्थी शिविर ३२ वर्षीय पूर्णबहादुर... नक्कली नोट र लागूऔषधसहित भुटानी शरणार्थी पक्राउ

बिर्तामोड– नक्कली नोट र लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शरणार्थी शिविर ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन् ।

दमकस्थित राधे हाेटलमा लागुऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा नक्कली नोट र लागुऔषधसहित बानियाँ समातिएका हुन् ।

बानियाँकाे साथमा एउटै नम्बर भएका एक हजार थानका आठवटा नक्कली नोट फेला परेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

बानियाँकाे साथमा प्लाष्टिकको दुईवटा प्याकेटमा ४७ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर पनि भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बानियाँलाई इलाका प्रहरी कार्यालय  दमककाे  हिरासतमा राखिएको छ ।