झापामा ३७ सय नाघे काेराेनाका सक्रिय संक्रमित झापामा ३७ सय नाघे काेराेनाका सक्रिय संक्रमित
बिर्तामोड– झापामा आज २३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि सङ्क्रमितको २४ घण्टे तथ्याङ्क सार्वजनिक गरेको हो । एन्टिजन... झापामा ३७ सय नाघे काेराेनाका सक्रिय संक्रमित

बिर्तामोड– झापामा आज २३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि सङ्क्रमितको २४ घण्टे तथ्याङ्क सार्वजनिक गरेको हो ।

एन्टिजन विधिबाट गरिएको परीक्षणमा १९ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा २१५ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

कार्यालयका अनुसार नयाँ थपिएकासँगै झापामा सक्रिय सङ्क्रमितको संख्या ३७ सय २३ पुगेको छ । आज सबै भन्दाबढी सङ्क्रमित दमकमा फेला परेका छन्। त्यहाँका ८७ जनामा सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमणका कारण आज एकैदिन झापामा छ जनाकाे मृत्यु भएको छ । संक्रमण सुरु भएयता २०१ जनाले ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।