झापामा १८ सय नाघे काेराेना सङ्क्रमित झापामा १८ सय नाघे काेराेना सङ्क्रमित
बिर्तामोड– झापामा आज १७० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको २४ घण्टे तथ्यांक सार्वजनिक गरेको हो । एन्टिजन... झापामा १८ सय नाघे काेराेना सङ्क्रमित

बिर्तामोड– झापामा आज १७० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको २४ घण्टे तथ्यांक सार्वजनिक गरेको हो ।

एन्टिजन विधिबाट गरिएको परीक्षणमा ४९ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

कार्यालयका अनुसार नयाँ थपिएकासँगै झापामा सक्रिय संक्रमितको संख्या १८ सय ३९ पुगेको छ । आज सबैभन्दा बढी संक्रमित झापाको भद्रपुरमा फेला परेका छन्। त्यहाँका ६९ जनामा सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमणका कारण आज एकैदिन झापामा तीन जनाकाे मृत्यु भएको छ । संक्रमण सुरु भएयता १५४ जनाले ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।