झापामा थपिए २६९ काेराेना सङ्क्रमित, पाँच जनाको मृत्यु झापामा थपिए २६९ काेराेना सङ्क्रमित, पाँच जनाको मृत्यु
बिर्तामोड– झापामा आज २६९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको २४ घण्टे विवरण सार्वजनिक गरेको हो । एन्टिजन... झापामा थपिए २६९ काेराेना सङ्क्रमित, पाँच जनाको मृत्यु

बिर्तामोड– झापामा आज २६९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको २४ घण्टे विवरण सार्वजनिक गरेको हो ।

एन्टिजन विधिबाट गरिएको परीक्षणमा ६ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

कार्यालयका अनुसार नयाँ थपिएकासँगै झापामा सक्रिय संक्रमितको संख्या १७ सय २५ पुगेको छ । आज सबैभन्दा बढी संक्रमित झापाको भद्रपुरमा फेला परेका छन्। त्यहाँका ६४ जनामा सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमणका कारण आज एकैदिन झापामा पाँचजनाको मृत्यु भएको छ । संक्रमण सुरु भएयता १५१ जनाले ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।