ओलीले गुमाए विश्वासको मत, फेरि विघटन हुन सक्छ संसद ओलीले गुमाए विश्वासको मत, फेरि विघटन हुन सक्छ संसद
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो... ओलीले गुमाए विश्वासको मत, फेरि विघटन हुन सक्छ संसद

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ सांसदले मतदान गरेका छन् । मतदानमा माधवकुमार नेपाल निकट २८ जना सांसद अनुपस्थित भए ।

प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले विपक्षमा मत दिएका छन्।

तटस्थमा १५ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्ष मतदानमा तटस्थ बसेको हो । प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए ।

धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ ।

विश्वासको मत गुमाएसँगै ओली पदमुक्त भएका छन् । आफ्नो पक्षमा मतदान नभए संसद् विघटनको बाटोमा जान सक्ने बताएका प्रधानमन्त्री ओलीले अहिले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठकपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने अनुमान गरिएको छ । यद्यपि, कतिपय राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री ओली फेरि संसद् विघटनको बाटोमा जाने र निर्वाचनको मिति घोषणा गर्न सक्ने टिप्पणी गरेका छन् ।