राजीनामा रोकियो, माधव नेपाल निकटका सांसदहरु संसदमा अनुपस्थित रहने राजीनामा रोकियो, माधव नेपाल निकटका सांसदहरु संसदमा अनुपस्थित रहने
बिर्तामोड– नेकपा एमालेको माधव नेपाल समूहका सांसदको राजिनामा रोकिएको छ । नेपाल निकटका सांसदहरु आजको संसद बैठकमा अनुपस्थित हुने भएका छन् । नेपाल पक्षका... राजीनामा रोकियो, माधव नेपाल निकटका सांसदहरु संसदमा अनुपस्थित रहने

बिर्तामोड– नेकपा एमालेको माधव नेपाल समूहका सांसदको राजिनामा रोकिएको छ । नेपाल निकटका सांसदहरु आजको संसद बैठकमा अनुपस्थित हुने भएका छन् ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले संसदको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको नेता भीम रावलले बताए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । राजीनामा दिएर ओलीलाई असहयोग गर्ने पूर्व प्रचारित निर्णयबाट पछाडि हट्दै नेपाल निकटका सांसदहरुले सदनमा उपस्थिति नजनाउने निर्णय गरेका हुन् ।