एसइइ र कक्षा १२ काे परीक्षा स्थगित एसइइ र कक्षा १२ काे परीक्षा स्थगित
बिर्तामोड– माध्यमिक शिक्षा परीक्षा एसइइ र कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज विहान बसेको बैठकले ती दुवै परीक्षा स्थगित... एसइइ र कक्षा १२ काे परीक्षा स्थगित

बिर्तामोड– माध्यमिक शिक्षा परीक्षा एसइइ र कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज विहान बसेको बैठकले ती दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

जेठ १३ गतेबाट एसइइ र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी थियो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

समुदाय तहमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएपछि राष्ट्रिय परीक्षा बोर्ड ती दुवै परीक्षा स्थगित गर्ने निष्कर्षमा पुगेको हो ।

यसवर्ष ५ लाख १७ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षाको तयारीमा छन् । तर, कोरोना संक्रमण फैलिरहेकाले परीक्षा लिन सक्ने अवस्था छैन । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।