राप्रपा नेता लिङ्देनलाई फेरि कोरोना संक्रमण राप्रपा नेता लिङ्देनलाई फेरि कोरोना संक्रमण
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ । प्रतिनिधि सभा सदस्य समेत रहेका लिङदेनलाई गतवर्ष पनि कोरोना भाइरसको संक्रमण... राप्रपा नेता लिङ्देनलाई फेरि कोरोना संक्रमण

बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ । प्रतिनिधि सभा सदस्य समेत रहेका लिङदेनलाई गतवर्ष पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

कोरोना संक्रमण भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको नेता लिङ्देनले बताउनुभयो । संक्रमण पुष्टि भएपछि उहाँ हाेम आइसाेलेसनमा बस्नु भएको छ । कोरोना संक्रमणपछि नेता लिङ्देनले दोस्रो डोजको खोप लगाइसक्नु भएको छ ।