झापामा थपिए १५२ कोरोना संक्रमित झापामा थपिए १५२ कोरोना संक्रमित
बिर्तामोड– झापामा आज १५२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो । एन्टिजन विधिबाट गरिएको... झापामा थपिए १५२ कोरोना संक्रमित

बिर्तामोड– झापामा आज १५२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले केहीबेरअघि संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।

एन्टिजन विधिबाट गरिएको परीक्षणमा ३२ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

कार्यालयका अनुसार नयाँ थपिएकासँगै झापामा सक्रिय संक्रमितको संख्या १४ सय ८६ पुगेको छ । आज सबैभन्दा बढी संक्रमित झापाको दमकमा फेला परेका छन्। त्यहाँका ५५ जनामा सङ्क्रमण देखिएको हो ।