लाइफ लाइनमा कोरोना संक्रमितको उपचार लाइफ लाइनमा कोरोना संक्रमितको उपचार
दमक– झापाको दमकस्थित लाइफलाइन अस्पतालले आइसीयूसहित ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । आइतवार नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका... लाइफ लाइनमा कोरोना संक्रमितको उपचार

दमक– झापाको दमकस्थित लाइफलाइन अस्पतालले आइसीयूसहित ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । आइतवार नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका छन् । उनले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए ।

कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सीसहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवा सहित कोभिडका विरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई बिभेद नगरी अस्पतालमा कोभिडका विरामीहरुलाई भर्ना लिइनेछ ।