सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम
बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु... सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम

बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । सेवा केन्द्रबाट छानिएर आएका शेयर सदस्यका लागि तीन दिने तालिम सुरु गरिएको हो । सदस्यलाई आत्मनिर्भर बनाउने नीति अनुसार तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बाख्रापालन वा मौरीपालन व्यवसाय गर्न चाहने सदस्यलाई संस्थाले आवश्यकता अनुसार कर्जा उपलब्ध गराउने बताउँछन् शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा आयोजित तालिम उद्घाटनमा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद कडरिया, घनश्याम न्यौपाने र खेमराज ढकालले धारणा राखेका छन् ।

तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी–१ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका प्रतिनिधिले गर्ने छन् । तालिममा सिद्धान्तका कुरामात्र नगरी आफूले सात वर्षदेखि उन्नत जातका बोयर बाख्रा पालेर बटुलेको अनुभव साट्ने सहजकर्ता पराजुलीले बताए ।