जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस् : कृषिमन्त्री भुसाल जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस् : कृषिमन्त्री भुसाल
कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो... जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस् : कृषिमन्त्री भुसाल

कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ, परिणाम दिनुपर्छ ।

अब कुनै बहानावाजी होइन, परिणाम चाहिन्छ ।  विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस् । परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस् ’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा मन्त्री भुसालले भने ।

आफू कृषि क्षेत्रको चौकीदार भएको बताउंदै मन्त्री भुसालले भने–‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरुलाई गलत काम गर्न दवाव दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईंहरुले त प्रभावकारीरुपमा काम गर्नु पर्यो नि ।’

मन्त्री भुसालले उत्पादनशील र सृजनशील कर्म भएकोले धर्तीका सबैभन्दा सुन्दर मानिसहरुले मात्रै कृषि पेशा अपनाउने बताउँदै त्यसलाई प्रदुषित गरिएकोले अब कुनै पनि हालतमा शुद्धीकरण हुनु पर्ने बताए । सबैभन्दा बढी देश बिगारेको राजनीतिज्ञहरुले हो, तर त्यसमा कर्मचारीहरुको भूमिका पनि कम्ति छैन भन्दै भुसालले कृषिमा राजनीति क्षेत्रबाट हुने हस्तक्षेप पुरै रोकिने बताए ।

मन्त्री भुसालले नार्कमा रहेको वेथिति देख्दा आफूलाई भाउन्न भएको बताउँदै अब त्यसरी नहुने बताए ।  कार्यक्रममा नार्ककका कार्यकारी निर्देशक डा. दीपक भण्डारी तथा निर्देशकहरु राम वहादुर केसी, डा.स्वंय प्रकाश श्रेष्ठ र नविन प्रकाश पौडेलले नार्कको विभिन्न पक्षको बारेमा कार्यपत्र पेश गरेका थिए ।