- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा- राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यले पाउने रकम बाँडफाँड गरेको छ । कोषबाट एउटै सदस्यले करिब ५७ लाखसम्म रकम प्राप्त गरेको बैँकले जनाएको छ ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको हो ।
सदस्य संघसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा रकम वाँडफाँड गर्ने व्यवस्था छ ।
कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा १५ हजार भन्दाबढी सहकारी संघ संस्था सदस्य छन् ।
यसअघि बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस ३० गते वितरण गरेको थियो ।


















