६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अन्तरघात गर्ने नेताको नाम खोज्दै एमाले अनुशासन आयोग



झापा– नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई पार्टी अनुशासन उलङ्घन गर्ने नेता कार्यकर्ताको सूची पठाउन निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घातको अवस्था र त्यसमा संलग्न नेता–कार्यकर्ताको सूची पठाउन आयोगले प्रादेशिक तहमा पत्राार गरेको हो ।

आयोगका अध्यक्ष केशव बडालले सातवटै प्रदेश कमिटीका अध्यक्षलाई चुनावमा अन्तर्घातको स्थिति र नेता कार्यकर्ताको भूमिकाबारे जानकारी पठाउन पत्र लेखेको बताउनु भयो ।

आयोगले अर्को बैठक ३१ जेठका लागि बोलाएको छ । अनुशासन उल्लंघनका विषयमा कतैबाट औपचारिक उजुरी नपरे पनि आयोगले पत्राचार गरेरै सूची संकलनमा सक्रियता देखाएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  ९ : १३ बजे