- बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु
- जग्गादाता अग्रवाल दम्पत्तिलाई सम्मान
- वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच
- वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार
- बिर्तामोडका वडा सदस्यलाई क्षमता विकास तालिम
झापा- सन् २०२२ को पाँच महिनामा पर्यटन आगमन दर बढेको छ । यो अवधिमा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका जनाएको छ । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनु भयो ।
सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ हो । पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको छ ।