- बालेनको चुनाव खर्च १४ लाख १७ हजार रुपैयाँ
- हामी ढलेका मात्र हौं, मरेका होइनौं : उपमहासचिव भट्टराई
- सुहाङलाई एमालेबाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै संसद प्रवेश गर्ने दोस्रो अवसर
- जेनजी आन्दोलन : आयोगले बुझायो सरकारलाई प्रतिवेदन
- मतदातालाई धन्यवाद दिँदै बालेनले भने, ‘तपाईँहरुको जित भएको छ’
काठमाडौँ- भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दाहालको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा केही टाँका लगाइएको छ । अवस्था भने खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललिपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।














