- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
झापा– बिर्तामोडका वडाले आगामी आर्थिक वर्षमा एक करोड १५ लाखका दरले बजेट पाउने भएका छन् । बुधवार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाका लागि पूँजीगत बजेटको सिलिङ तोकेको हो ।
वडाबाट योजना छनोट गरी जेठ मसान्तसम्म नगरमा पेश गर्न सबै वडाध्यक्षलाई बैठकले निर्देशन दिएको नगर प्रमुख पवित्रा महतरा प्रसाईले बताउनु भयो । बैठकले पदभार ग्रहण गर्दै नगर प्रमुख प्रसाईले गरेको पहिलो निर्णय पनि अनुमोदन गरेको छ ।
पाँच वर्षभित्र बिर्तामोडको खेतीयोग्य जमिनमा सिञ्चाई सुविधा उपलब्ध गराउने र विपन्न नागरिकको स्वास्थ्य बीमा गर्ने पहिलो निर्णयमा प्रसाईले हस्ताक्षर गर्नु भएको थियो ।



















