- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
- झापा एमालेद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति आपत्ति : सरकारको आलोचना
- पेट्रोल-डिजेलको मूल्य घट्यो
- सुकुम्बासीमाथि डोजर र दमन अस्वीकार्य : पूर्व प्रधानमन्त्री खनाल
- घरायसी प्रयोजनका सामग्रीमा रोक छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
भद्रपुर–दीर्घरोगले थलिएका विरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई झापाको भद्रपुर नगरपालिकाले दोब्बर बनाउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर गणेश पोखरेलले पदाबहाली लगत्तै पहिलो निर्णय गरेका हुन् ।
भद्रपुर नगरपालिकाले यसअघि दीर्घ रोग लागेका विरामीलाई पाँच हजार रुपैयाँ यातायात खर्च दिँदै आएको थियो । अबदेखि विरामीले १० हजार रुपैयाँ यातायात खर्च पाउने भएका हुन् ।
सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने भएको छ । किसानका लागि पशु बीमाको प्रिमियम समेत नगरपालकाले व्यहोर्ने निर्णय भएको छ ।
आदिवासी राजवंशी र सन्थाल समुदायलाई विशेष प्राथमिकता दिई बहुजातीय आदिवासी सङ्ग्रहालय स्थापना गर्ने सवषयमा पनि नगरपालिकाले सहयोग गर्ने घोषणा गरेको छ ।
















