१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

पारदर्शी र जवाफदेही भएर काम गर्ने मेयर प्रसाईको घोषणा



बिर्तामोड– बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले पारदर्शी र जवाफदेही भएर सार्वजनिक सेवाका काम गर्ने बताउनु भएको छ ।

आज नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मेयर प्रसाईले हरेक काममा पारदर्शिता अपनाइने बताउनु भएको हो ।

‘भ्रष्टाचाररहित ढंगले पारदर्शी र जवाफदेही भएर कामी काम गर्छाैँ’, मेयर प्रसाईले भन्नुभयो, ‘हिजो पार्टीका थियौँ । अब सबै अभिभावक भएका छौँ । मिलेर काम गर्ने हो । कसैले बादविवादमा उत्रिनु हुँदैन् ।’

मेयर प्रसाईले अनावश्यक बखेडा झिकेर काममा अवरोध गर्ने ढंगबाट कुनै पनि जनप्रतिनिधि प्रस्तुत हुन नहुनेमा जोड दिनुभयो ।

उहाँले विपन्न नागरिकको उपचारमा नगरपालिकाले सहयोग गर्ने र कृषिको व्यवसायिकीकरणसहित बिर्तामोडको सबै खेतीयोग्य जमिनमा सिञ्चाईको व्यवस्था गर्ने पहिलो निर्णय भएको पनि बताउनु भयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ००:००  ८ : १३ बजे